असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोनाबाट २४ घण्टामा ३ हजार ५ सय १५ को मृत्यु, अमेरिकामा सबैभन्दा बढि संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार ५ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार ७ सय ६६ जना मानिस संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन् । योसँगै विश्वभर कोरोना भाइरसको महामारी पछिल्ला दिनमा झन् तिब्र बन्दै गएको देखिन्छ ।

यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ७ सय ४० पुगेको छ । जसमध्ये ३० हजार ८ सय ७९ जना संक्रमितको ज्यान गइसकेको छ भने १ लाख ४२ हजार १ सय ८३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । २० हजार ३ सय ५१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । हालसम्म इटलीमा १० हजार २३ जनाको ज्यान गएको छ भने ९२ हजार ४ सय ७२ जना मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान (नेपाली समय अनुसार) सम्म सबैभन्दा धेरै मानिस अमेरिकामा संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १९ हजार ४ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २३ हजार ५७ पुगेको छ । जसमध्ये २ हजार २ सय २१ जना मानिसको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा धेरै ८८९, स्पेनमा ८४४, अमेरिकामा ५२५, फ्रान्समा ५१९, यूकेमा २६०, इरान १३९, नेदरल्याण्डमा ९५, जर्मनी ८२ र बेल्जियम ६४ जनाको ज्यान गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार