मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

डेंगु संक्रमणबाट पुनः २ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालमा गत साउन महिनादेखि हालसम्म डेंगुका कारण ५३ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ जना पुगेको छ । २०७९ साउनदेखि हालसम्म ६२ जनाको मृत्यु हुनुका साथै ५३ हजार ९ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालमा सन् २००४ मा एक जनामा देखिएको डेंगु सन् २००६, २०१९मा उच्च विन्दुमा संक्रमित रहेको अवस्था थियो ।

तर यो बर्ष सन् २०१९ भन्दा दोब्बरले संक्रमितको संख्यामा बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अझै पनि नेपालमा डेंगुको खतरा टरी नसकेको मन्त्रालयले जनाएको छ । देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनुका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । यो एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ अर्थात् २००४ मा डेंगुका बिरामी देखिएका थिए ।

नेपालमा धेरै बिरामी हुनुको प्रमुख कारण जलवायु परिवर्तन लगायत फोहोर मैला व्यवस्थापनमा ध्यान दिन नसक्नु रहेको स्वास्थ्य विज्ञहरुको ठम्याई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार