असार २४, २०८२ मंगलबार July 8, 2025

बुटवलको अस्पतालमा मृत्यु भएका युवामा कोरोना संक्रमण नरहेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रुपन्देही सैनामैनाका बाबुराम थापाको मृत्युको कारण कोरोना संक्रमण नभएको पुष्टि भएको छ। कोरोनाको आशंकामा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका उनको थ्रोट स्वाब परीक्षणपछि आएको रिपोर्टले उनमा कोरोना संक्रमण नभएको देखिएको कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन।

उनका अनुसार थापाको मृत्यु के कारणले भयो भन्ने कुरा खुलेको छैन । ‘कोरोनाको संक्रमण छ छैन भनेर परीक्षण भएकाले अरु के थियो भन्ने कुराभन्दा पनि कोरोना छ छैन भनेर मात्रै हेरिन्छ’, उनले भने, ‘उहाँको ट्राभल हिस्ट्रीका कारण आइसोलेशनमा राखेका थियौं तर कोरोना रहेनछ।’

उनले थापाको छातीमा समस्या रहेको र त्यसलाई मदिराले समेत बढी असर गरेको देखिएको बताएका छन। परिवारले मृत्युको कारण खोजेमा परीक्षण हुनसक्ने उनले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार