असोज १५, २०८३ बिहिबार October 1, 2026

बुटवलको अस्पतालमा मृत्यु भएका युवामा कोरोना संक्रमण नरहेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । रुपन्देही सैनामैनाका बाबुराम थापाको मृत्युको कारण कोरोना संक्रमण नभएको पुष्टि भएको छ। कोरोनाको आशंकामा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका उनको थ्रोट स्वाब परीक्षणपछि आएको रिपोर्टले उनमा कोरोना संक्रमण नभएको देखिएको कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन।

उनका अनुसार थापाको मृत्यु के कारणले भयो भन्ने कुरा खुलेको छैन । ‘कोरोनाको संक्रमण छ छैन भनेर परीक्षण भएकाले अरु के थियो भन्ने कुराभन्दा पनि कोरोना छ छैन भनेर मात्रै हेरिन्छ’, उनले भने, ‘उहाँको ट्राभल हिस्ट्रीका कारण आइसोलेशनमा राखेका थियौं तर कोरोना रहेनछ।’

उनले थापाको छातीमा समस्या रहेको र त्यसलाई मदिराले समेत बढी असर गरेको देखिएको बताएका छन। परिवारले मृत्युको कारण खोजेमा परीक्षण हुनसक्ने उनले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार