असार २४, २०८२ मंगलबार July 8, 2025

चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले (आज) सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई संघीय सरकारका तर्फबाट ती स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन।

राज्यमन्त्री रावतले चिनिया भाषामा लेखिएका कारण कोरोना परीक्षण गर्ने मेशिन काठमाडौँ मै प्राविधिक चेकजाँचपछि एम्बुलेन्समार्फत एक साता भित्र सुर्खेत ल्याईने जानकारी दिएका छन ।

उनले स्वास्थ्य मन्त्रालयका तर्फबाट गाउन–४८० थान, एन–९५ मास्क–४८० थान, सर्जिकल मास्क– १० हजार थान, क्लोरिन–८ ड्रम, आईआर थर्मोमिटर– १० थानसँगै मेडिकल ग्लोब्स–२० हजार थान कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन ।

यता कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले केन्द्र सरकारबाट प्राप्त ती सामाग्रीलाई प्रदेशका दश वटै जिल्लामा वितरण गरिने जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार