असोज १५, २०८३ बिहिबार October 1, 2026

चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले (आज) सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई संघीय सरकारका तर्फबाट ती स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन।

राज्यमन्त्री रावतले चिनिया भाषामा लेखिएका कारण कोरोना परीक्षण गर्ने मेशिन काठमाडौँ मै प्राविधिक चेकजाँचपछि एम्बुलेन्समार्फत एक साता भित्र सुर्खेत ल्याईने जानकारी दिएका छन ।

उनले स्वास्थ्य मन्त्रालयका तर्फबाट गाउन–४८० थान, एन–९५ मास्क–४८० थान, सर्जिकल मास्क– १० हजार थान, क्लोरिन–८ ड्रम, आईआर थर्मोमिटर– १० थानसँगै मेडिकल ग्लोब्स–२० हजार थान कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन ।

यता कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले केन्द्र सरकारबाट प्राप्त ती सामाग्रीलाई प्रदेशका दश वटै जिल्लामा वितरण गरिने जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार