वैशाख ८, २०८१ शनिबार April 20, 2024

चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ । बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो ।

अध्ययनले १ सय ३७ देशहरूको विश्लेषण गरेको थियो । जीवाश्म ईन्धन जलाउँदा सामान्यतया उत्पादन हुने २.५ माइक्रोन (पीएम २.५) भन्दा सानो कणहरूको सम्पर्कले ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४०% मृत शशु जन्मेका थिए ।

विश्वका ९८ प्रतिशत मृत शिशु जन्मिने सबै देशको विश्लेषण गरिएको अध्ययनमा चीन चौथो स्थानमा परेको थियो । अध्ययन नेचर कम्युनिकेसन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित छ ।

यसैबीच, सुई ताओको नेतृत्वमा रहेको पेकिङ विश्वविद्यालयका अन्वेषकहरूले वायु प्रदूषण नियन्त्रण गर्न चिनियाँ अधिकारीहरूले गत दशकमा अपनाएका कदमले मृत्युको संख्यामा कमी आएको औंल्याएका छन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार