असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो,मंगलबार एकै दिन ४३ सय ४१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मंगलबार एकै दिन ४३ सय ४१ जनाको मृत्यु भएको छ।

यो कोरोना संक्रमणको कारण एकै दिनमा भएको अहिलेसम्मकै धेरै मृत्यु हो।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४२ हजार १ सय १४ पुगेको छ। संक्रमितको संख्या साढे आठ लाख नाघेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ८ लाख ५७ हजार २ सय ६१ जना कोरोना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ७७ हजार १४१ जना उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ। संक्रमितको संख्या एक लाख ५ हजार ७ सय ९२ पुगेको छ।

इटालीपछि मंगलबार स्पेनमा धेरैको मृत्यु भएको छ। स्पेनमा एकै दिन ७ सय ४८ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ९६ हजार पुगेको छ। स्पेनमा अहिलेसम्म यसको संक्रमणबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

अमेरिकमा मंगलबार एकै दिन कोरोना संक्रमणबाट ७ सय २६ जनाको मृत्यु भएको छ भने २३ हजार ९ सय ३ जना नयाँ संक्रमित थपिएका छन्। कोरोनाबाट अमेरिकामा मृत्यु र संक्रमण हुनेदर बढ्दै गएको छ।

त्यहाँ अहिलेसम्म ३८ सय ६७ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १ लाख ८७ हजार ६ सय ९१ पुगेको छ। अमेरिका संक्रमणमा सबैभन्दा अघि छ।

कोरोना संक्रमणको उद्गम थलो चीनमा भने मंगलबार एक जनाको मृत्यु भएन भने नयाँ संक्रमित पनि देखिएनन्।

फ्रान्समा मंगलबार एकैदिन कोरोना संक्रणबाट ४ सय ९९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३५ सय २३ पुगेको छ। ५२ हजारभन्दा धेरै संक्रमित भएका छन्।

युकेमा एकैदिन ३ सय ८१ जनाको मृत्यु भएको छ। त्यहाँ मंगलबार ३ हजार ९ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना संक्रमणबाट मंगलबार इरानमा १४१, बेल्जियममा १९२, नेदरल्यान्डमा १७५ जनाको मृत्यु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार