मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

यसरी जाँच्नुहोस महका शुद्धता, टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मह मानव स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । जाडोको समयमा त झन् देखा पर्ने समस्याहरु समस्याहरूमा मह निकै प्रभावकारी मानिन्छ । तर सक्कली मह चिन्न नसक्दा मानव स्वास्थ्य जोखिममा समेत पर्ने गरेका खबरहरू पनि बेलाबेलामा बाहिरिन्छन् ।

पैसा कमाउन पल्केका व्यापारीहरूले अर्गानिक महको नाममा चिनी घोलेर र अरू नै रसायन मिसाएर मह भन्दै विक्री गर्दा आम उपभोक्ता भने ठगिन छाडेका छैनन् । कसरी चिन्ने त सक्कली र नक्कली मह ।

थाहा पाउनोस् केही उपायः

१. आगोमा जल्छ यदि शुद्ध मह छ भने आगोमा जल्छ । यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ ।  मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

२. तातो पानीमा घुल्दैन तातो पानीले पनि बताइदिन्छ मह सक्कली हो वा नक्कली । महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी नै हो । मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ ।

३. टिस्यु पेपरले सोस्दैन टिस्यु पेपरबाट पनि महको शुद्धता पत्ता लगाउन सकिन्छ । शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ । यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने पेपरको माथि नै रहन्छ ।

४. शुद्ध मह ब्रेडमा जमेर बसिरहन्छ ब्रेडको सहयोगबाट पनि महको शुद्धता परीक्षण गर्न सकिन्छ । दैनिक खाने ब्रेड पनि महको परीक्षणमा सहायक हुने गर्छ । शुद्ध मह ब्रेडमा लगाउँदा जमेरै बस्छ ।

५. औँलाबिच मोटो तार बन्छ औलाको सहयोगले जाँच महको एक थोपालाई बुढी औँला र चोर औँलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औँला फट्टाउनु पर्छ । यस्तो हुँदा दुई औँलाबिच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार