असोज १७, २०८३ शनिबार October 3, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार १ सय ९४पुग्यो, ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बुधबार एकै दिन ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ।

यो, कोरोना संक्रमणका कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। हिजो एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ।

संक्रमितको संख्या ९ लाख ३९ हजार ४३१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। यो बिहीबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ४९ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ। अमेरिकामा अहिलेसम्म कोरोनाबाट ५१ सय २ जनाले ज्यान गुमाइसकेका छन्।

त्यहाँ बुधबार मात्रै २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि बुधबार स्पेनमा धरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ९ सय २३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ।

इटालीमा बुधबार ७ सय २७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म १३ हजार १५५ जनाको मृत्यु भइसकेको छ।
युकेमा बुधबार यसको संक्रमणबाट ५ सय ६३ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म २३ सय ५२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या २९ हजार नाघेको छ।

फ्रान्समा बुधबार यसको संक्रमणबाट ५ सय ९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ।

त्यसैगरी बुधबार जर्मनीमा १५६, इरानमा १३८, बेल्जियममा १२३, नेदरल्यान्डमा १३४, स्वीडेनमा ५९, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, स्वीटजरल्यान्डमा ५५, टर्कीमा ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आज शनिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १७, शनिबार
आज शनिवार : कुन राशिलाई कति शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् राशिफल
२०८३ असोज १७, शनिबार
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्‍मा दर्ता
२०८३ असोज १६, शुक्रबार
देशभर २४ घण्टामा २१ विपद्का घटना, आठ जना घाइते
२०८३ असोज १६, शुक्रबार
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ
२०८३ असोज १६, शुक्रबार
चाडपर्व लक्षित यात्रु सहायता कक्ष नयाँ बसपार्कमा स्थापना
२०८३ असोज १६, शुक्रबार
कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
२०८३ असोज १६, शुक्रबार