कांग्रेसमा संसदीय दलको नेता बन्न दौड प्रारम्भ भएको छ । यसमा तपाईंको पोजिसन अब के हुन्छ ?
-संसदीय दलका सदस्यहरु को-को हुन् पहिले टुंगो लागोस्, अनि बोलौला नि ! तपाईंहरु चुनाव अगाडिदेखि यही प्रश्न सोधिरहनुभएको छ ।
टुंगो त अब करिब करिब लागिसक्यो नि ?
-ठीक छ । यथास्थितिबाट चल्दैन, परिवर्तन हुनुपर्छ भनेर मैले भनेकै छु । त्यसको गणित कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने कुरा त संसदीय दलका सदस्यहरु को-को हुन् भनेर टुंगिन पर्यो । यो त म्याथम्याटिकल कुरा हो ।
अहिले धेरैको चासो चाहिं तपाईंले गगन थापालाई खुलेर समर्थन गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने छ । यसमा केही बताउन मिल्छ ?
-होइन, होइन । समर्थन गर्ने, विरोध गर्ने कुराभन्दा पनि यसको समय आउनुपर्छ । प्रक्रियामा पुग्नुपर्छ । प्रोसेसको कुरा हो नि त !
गगन थापाले त घोषणा गरेर चुनावको तयारीमा लागिसक्नुभयो । अब पनि बोल्न मिल्दैन ?
-यो उहाँको कुरा भयो । उम्मेदवार को-को भए त्यस आधारमा टिप्पणी गरिहाल्ने कुरा होइन नि त ! यसको पनि आफ्नै मर्यादा हुन्छ । आफ्नै उ हुन्छ । अब यथास्थितिबाट आशा सञ्चार गर्न सकिँदैन । निराशा अन्त्य गर्न सकिँदैन । परिवर्तनको अनुभूति गराउने गरी अगाडि बढ्नुपर्छ । ल यही हो मेरो (धारणा) ।
भन्नाले देउवा फेरि दोहोरिन हुँदैन भन्ने तपाईंको मनसाय हो ?
-अब तपाईंहरुलाई कस्तो ठ्याक्कै चाहियो भन्या ? कुरा बुझेर लेख्नुस् न ।
हामीले मात्र बुझेर भएन । पाठकले पनि बुझ्नु पर्यो नि त ?
-होइन, मैले सैद्धान्तिक रुपमा भनिसकें त । यथास्थिति हुँदैन भनेर । त्यो मैले निर्वाचनकै वेला भनेको छु । परिवर्तनको आभास हुने गरी अगाडि जानुपर्छ ।
अहिले गगन थापासँग टचमा हुनुहुन्छ ?
-कुराकानी हुने-नहुने त्यो आफ्नो ठाउँमा छ । उम्मेदवारले कुरा त गरिहाल्छन् नि । -नेपालप्रेश
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया