असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरसविरुद्धका दुई खोप परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका सम्भावित दुई खोपको परीक्षण सुरु गरेका छन्। वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध कोशेढुंगा साबित हुने ठानिएका खोपको प्रयोगशालामा परीक्षण सुरु गरेका हुन्।

अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभिओ फर्मास्यूटिकल्सले बनाएका खोप जनावरमा परीक्षण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वीकृति दिएको छ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले खोपले काम गर्छ वा गर्दैन भनेर हेर्ने छ। यस्तै यो परीक्षणको क्रममा खोप मानिसमा प्रयोग गर्न सुरक्षित रहे–नरहेको पनि हेरिने छ।

यी खोपको पहिलो मानवीय परीक्षण गएको अप्रिलमा अमेरिकामा सुरु भएको थियो तर त्यो बेला जनावरमा परीक्षण गर्नु पर्ने चरणलाई बेवास्ता गरिएको थियो।

विश्वभर तीव्र गतिमा कोरोना भाइरविरुद्धका विभिन्न खोपहरु बनाउने प्रयासमा वैज्ञानिकहरु छन्। तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रिअल रिसर्च अर्गनाइजेसन (सिएसआइआरओ) ले अहिले गर्न लागिएको परीक्षण सबैभन्दा विस्तृत प्रि–क्लिनिकल परीक्षण हुने बताएको छ।

विश्वभरका वैज्ञानिकको सहकार्यका कारण कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा चाँडै सकारात्मक काम भएको र अहिले परीक्षण गरिएका खोपबाट आश रहेको सिएसआइआरओका डा. रोब ग्रेनफेलले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार