भाद्र २८, २०८३ आइतबार September 13, 2026

बेरोजगारको सङ्ख्या वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ । गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ हजार २४५ जना युवा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म यो सङ्ख्या बढेर आठ लाख ४१ हजार ५०३ पुगेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा सूचीकृत हुने बेरोजगारको सङ्ख्या बढेको बताउनुभयो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया