असार २२, २०८२ आइतबार July 6, 2025

एनसेलको डेटा प्याक खरिद गर्दा पाँच तारे होटेलमा विश्वकप हेर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले जारी विश्वकपलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले पाँच सय ९९ रुपैयाँ पर्ने ६० जीबी डेटा खरिद गर्दा अन्नपूर्ण होटेलमा फिफा विश्वकपको फाइनल म्याच निशुल्क हेर्न‍‍े मौका पाउन सक्नेछन् । सीमित अवधिभित्र यो डेटाप्याक खरिद गर्ने प्रयोगकर्ताले उक्त होटेलमा विश्वकपको फाइनल खेल निःशुल्क हेर्न सक्नेछन् ।

प्याक खरिद गर्नका लागि *१७१२३*३०# टाइप गरेर कल गर्न सकिन्छ । प्याक खरिद गरिसकेपछि नजिकैको एनसेल सेन्टरबाट टिकेट लिनुपर्ने हुन्छ । त्यसपछि काठमाडौँ दरबारमार्गस्थित होटेल अन्नपूर्णमा विश्वकप फुटबलको फाइनल खेलको लाइभ निःशुल्क हेर्न सकिन्छ ।

यो अफर ९ डिसेम्बरदेखि १७ डिसेम्बरसम्म रहेको कम्पनीले जनाएको छ । एनसेलका अनुसार सिट सीमित भएकाले छिटो डेटा प्याक खरिद गर्ने ग्राहकले विश्वकपको लाइभ हेर्न पाउनेछन् ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया