कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

नेपालको राजनिति : एकै वडामा तीन दलका तीन सांसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुकुम पुर्वमा एउटै वडाबाट ३ जना सांसद भएका छन् ।

भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचन बाट समानुपातिक कोटामा ३ जना महिला सांसद भएका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा १० नम्बर वडाका ३ जना महिलाहरुले एकैसाथ सांसद जिम्मेवारी पाएका छन् । संयोगले ३ जना नै महिला रहेका छन् ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा बाट कुसुमदेवी थापा बुदा मगर, नेकपा एमाले लुम्बिनी प्रदेश (क) बाट सारिका पुनमगर तथा माओवादी केन्द्र (क) बाट दिलकुमारी बुदा मगर चयन हुनुभएको छ ।

प्रदेशको निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेदवार सुरुल पुनमगर जिते सँगै करिब २३/२४ वर्षे लामो समयको अन्तराल पछि पुथा उत्तरगंगा गाउँपालिकाले एकैसाथ ४ जना सांसद प्राप्त गरेको छ ।

स्वतन्त्र उम्मेदवार पुनमगर पुथा उत्तरगंगा गाउँपालिका १ नम्बर वडाका वासिन्दा हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार
आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक १७, मंगलबार
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल
२०८३ कार्तिक १७, मंगलबार
जुम्लामा नेकपाको जागरण अभियान सुरु
२०८३ कार्तिक १७, मंगलबार
बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप
२०८३ कार्तिक १७, मंगलबार