भाद्र ३, २०८३ बुधबार August 19, 2026

मधेश प्रदेशबाट प्रतिनिधिसभामा ५३ सांसदको प्रतिनिधित्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)मार्फत  ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना  गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् ।

मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट २१ जना सहभागी हुने भएका हुन् ।

२७५ जना रहने प्रतिनिधिसभामा ५३ जना सहभागी भएर मधेश प्रदेशबाट १९.२७ प्रतिशतको प्रतिनिधित्व रहने भएको हो । समानुपातिकबाट  १६ महिला र ५ पुरुष सहभागी हुनेछन् ।

जसमध्ये एमाले र कांग्रेसले मधेश प्रदेशबाट ६–६ जनाको नाम सिफारिस गरेका छन् ।  साथै जनमत पार्टीले तीनजना, माओवादी केन्द्रले दुई, जसपाले दुई जना, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र राप्रपाले एकजनाको नाम सिफारिस गरेको छ । २१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँचजना पुरुष रहेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया