असार २३, २०८२ सोमबार July 7, 2025

निर्वाचनमै जाँदा पनि देउवाको पक्षमा स्पष्ट बहुमतको अंकगणित छ : विमलेन्द्र निधि (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाको तयारी कस्तो छ ?

खासै तयारी गरिसक्नुभएको छैन । समानुपातिकको सूची बुझाएपछि बल्ल तयारीका लागि ग्राउन्ड बनेको छ । अहिले नै उहाँले संंसदीय दल र सरकारको नेतृत्वका लागि गम्भीर छलफल गरिसक्नुभएको छैन । आन्तरिक गृहकार्य भने गरिरहनुभएको छ ।

संसदीय दलमा त धेरै आकांक्षी देखिए नि ?

संसदीय दलको नेतामा लड्ने अधिकार त पार्टीबाट प्रत्यक्ष र समानुपातिकमा निर्वाचित सबै ८९ सांसदलाई नै छ । तर, मसँग त सभापति देउवाबाहेक कसैले अहिलेसम्म संसदीय दलमा लड्छु भन्नुभएको छैन ।

तपाईंसँग भनेको छैन भन्दैमा देउवाको विकल्प नै छैन भन्ने त होइन होला नि ? 

शेरबहादुरजीको सक्रियता र शैलीलाई हेर्दा अहिलेको अवस्थामा सरकार र संसदीय दलको नेतृत्व उहाँले नै गर्नुहुन्छ । उहाँकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने हो । मिलेसम्म उहाँ नै सर्वसम्मत संसदीय दलको नेता बन्नुहुन्छ, नभए निर्वाचनमा जाँदा पनि उहाँको पक्षमा स्पष्ट अंकगणित छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया