कार्तिक २९, २०८३ आइतबार November 15, 2026

२०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति ४८ वर्षपछि काठमाण्डौंमा भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काभ्रेको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति ४८ वर्षपछि भेटिएको छ । २०३१ सालमा हराएको अष्ठधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्ति काठमाडौंबाट भेटिएपछि त्यसको प्रतिस्थापन गरिएको छ ।

बनेपा नगरपालिका र स्थानीयको सक्रियतामा काठमाडौंको छाउनी स्थित राष्ट्रिय संग्राहलयमा राखिएको शाक्यमुनि बुद्धको मूर्ति बनेपा–८ स्थित बहिभ मन्दिरमा ल्याई प्रस्थिापन गरिएको हो ।

बाजागाजासहित स्थानीय बासिन्दा र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउँमा प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले बताउनु भयो । उहाँका अनुसार प्रतिस्थापन गर्नुअघि मूर्तिलाई तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गरिएको हो ।

मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति २०३५ सालमै काठमाण्डौको एयरपोर्टमा भेटिएर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको राष्ट्रिय संग्राहलयका निर्देशक जयराम श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार पुरातत्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापनको प्रक्रिया अघि बढेको हो । पुरातत्व विभागले एक करोड रुपैयाँको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ ।

मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामरा, मजबुत संरचनालगायतको व्यवस्थापन विशेष ध्यान दिइएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार