कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

सुत्केरी हुन लागेको नाटकपछि विमानको आकस्मिक अवतरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्पेनी पुलिसले आपतकालीन अवतरणपछि एक व्यावसायिक विमानबाट भागेका १४ जना व्यक्तिहरूको खोजी गरिरहेको छ । एक महिलाले आफूले बच्चा जन्माउन लागेको भन्ने अफाबा फैलाएपछि विमानको आपतकालीन अवतरण भएको थियो ।

महिलाले आफूलाई सुत्केरी हुन लागेको दाबी गरेपछि मोरक्कोबाट टर्कीका लागि बुधबार दिउँसो उडेको पेगासस एयरलाइन्सको विमान बार्सिलोनाको एल प्राट विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो । विमान अवतरण गरेपछि २८ जना व्यक्तिहरूको समूह बाहिर निस्किएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले आधालाई रोक्न सफल भए पनि बाँकी १४ जना विमानस्थलबाट भागे र उनीहरू हाल फरार छन् ।

विमानमा २२८ यात्रु थिए । डाक्टरहरूका अनुसार ती महिला गर्भवती भए पनि बच्चा जन्माउने अवस्थामा भने थिइनन् । सार्वजनिक अपराधको आशंकामा उनी पक्राउ परेकी थिइन । पक्राउ परेका मध्ये पाँच जना मोरक्कोको कासाब्लान्का शहरबाट इस्तानबुलको लागि उडानमा फिर्ता हुन सहमत भएका स्पेनी अधिकारीहरूले बताए । बाँकी भने स्पेनमा प्रवेश नगर्ने प्रक्रियामा छन् ।

अधिकारीहरूका अनुसार उनीहरूलाई कथित बच्चा जन्माउन लागेको भन्ने महिलासँगै देश बाहिर अर्को पेगासस उडानमा राखिने अनुमान गरिएको छ । स्पेनी सरकारको कार्यालयले यात्रुहरूको राष्ट्रियता खुलासा गरेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार
आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक १७, मंगलबार
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल
२०८३ कार्तिक १७, मंगलबार
जुम्लामा नेकपाको जागरण अभियान सुरु
२०८३ कार्तिक १७, मंगलबार
बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप
२०८३ कार्तिक १७, मंगलबार