असार ४, २०८१ मंगलबार June 18, 2024

विश्वभर कोरोना भाइरसवाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको इपिसेन्टर अमेरिकामा संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु लगातार बढ्दो क्रममा छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका बेला अमेरिकामा मास्कको अभाव भएका खबर आउने क्रम जारी छ र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सले घर बाहिर निस्कँदा हरेक अमेरिकीले मास्क लगाउनु पर्ने नयाँ सुझाव जारी गरेको छ ।

संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु शुक्रबार नयाँ उचाईमा पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार एकै दिन अमेरिकामा कम्तिमा १४ सय २३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण कुनै पनि देशमा एकै दिन भएको यो सबैभन्दा ठूलो संख्याको हताहती हो ।

यसअघि बिहीबार अमेरिकामा एकै दिन ११ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । अमेरिकामा हालसम्म कुल मृत्यु हुनेको संख्या सात हजार ४०६ पुगेको छ ।

यस्तै शुक्रबार एकै दिन अमेरिकामा ३२ हजार २८४ भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १६१ भन्दा बढी भएको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क सिटीमा कुल संक्रमतिको संख्या ५६ हजार २८९ छ । यसमा शुक्रबार थपिएका ६ हजार ५८२ हुन् । यस्तै न्यूर्योकमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १८ सय ६७ रहेको छ । यसमा शुक्रबार थपिएका ३०५ हुन् ।

कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १० लाख ९८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।

अहिलेसम्म विश्वभर ५९ हजार १४१ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या दुई लाख २८ हजार ४०५ रहेको छ ।

यसैबिच कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या १४ हजार ६८१ पुगेको छ । शुक्रबार इटालीमा कोभिड–१९ का कारण ७६६ जनाको मृत्यु भएको हो । यस्तै संक्रमितको संख्या शुक्रबार चार हजार ५८५ जना थपिएसँगै एक लाख १९ हजार ८२७ पुगेको छ ।

स्पेनमा थप ८५० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ११ हजार १९८ पुगेको छ । यस्तै सात हजार १३४ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख १९ हजार १९९ पुगेको छ ।

जर्मनीमा संक्रमितको संख्या ९१ हजार १५९ तथा मृत्यु हुनेको संख्या १२ सय ७५, चीनमा संक्रमितको संख्या ८१ हजार ६२० तथा मृत्यु हुनेको संख्या ३३ सय २२, फ्रान्समा संक्रमित ६४ हजार ३३८ तथा मृत्यु हुने ६ हजार ५०७, इरानमा संक्रमित ५३ हजार १८३ तथा मृत्यु हुने ३२ सय ९४ र बेलायतमा संक्रमित ३८ हजार १६८ तथा मृत्यु हुने ३६ सय पाँच पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार
कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु
२०८१ असार ४, मंगलबार