असार २३, २०८२ सोमबार July 7, 2025

मेरै प्रस्ताव र पहलमा १२-१५ हजारमै स्ववियु निर्वाचन लड्न पाउने नियम बनायौं । – नैनसिंह महर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्नुमा विद्यार्थी संगठन  जिम्मेवार छन् कि दलहरूको नेतृत्व ?

यसमा विद्यार्थी संगठन, राजनीतिक दल र विश्वविद्यालय प्रशासन सबै जिम्मेवार छन् । विद्यार्थी संगठन अनुशासित र संयमित भई प्रस्तुत हुन सकेनन्, खुकुरी, तरबार, भाला आदिमा रमाए । राष्ट्रिय चासो अलग भएकाले दलहरूले पनि यसतर्फ खासै ध्यान दिएनन् । विश्वविद्यालय प्रशासनले पनि सरोकारवाला सबैसित संवाद गरेर सकारात्मक माहोल बनाउन पहल गरेन ।

राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ मासिँदा पनि दलहरू किन मौन छन् ?

स्ववियु अस्तित्वमा हुँदा त्यहाँबाट तहगत रूपमा हरेक दलहरूमा सशक्त नयाँ नयाँ नेतृत्व जन्मिन्छ । जसले पुरानो नेतृत्वसित प्रश्न गर्छ । पार्टी नेतृत्व र कार्यशैलीमा परिवर्तनको शंखनाद गर्छ । सायद त्यसले गर्दा नेतृत्व डराएर मौन बसेको हुन सक्छ ।

अब क्याम्पसहरूमा स्ववियु नचाहिने नै हो कि यसमा सुधार गरेर पुनः निर्वाचन गराउनुपर्छ ?

विगतमा कतिपय अवस्थामा स्ववियुभित्र विकृति पनि देखिए । नेतृत्वमा पुग्न चाहनेले क्याम्पसभित्रै आठ–दश लाखसम्म खर्च गर्नुपर्ने अवस्था आयो । त्यसैले, नेविसंघ अध्यक्ष हुँदा मेरै प्रस्ताव र पहलमा स्ववियु निर्वाचनमा क्याम्पसले संयुक्त मञ्च उपलब्ध गराउने, एउटा मात्र ब्यानर राख्न पाउने, ब्ल्याक एन्ड ह्वाइट पर्चाबाहेक मात्र वितरण गर्न पाइने जस्ता नियम बनाइयो । अहिले १२–१५ हजारमै स्ववियु निर्वाचन लड्न सकिन्छ । अब दलहरूले इमानदारीपूर्वक र विद्यार्थी संगठनहरूले संयमसाथ काम गर्ने हो भने स्ववियु निर्वाचन हुन कठिन छैन र यो हुनु पनि पर्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया