काठमाडौं । बुहारीको हत्या गरेको अभियोगमा सासूससूरा र कान्छी बुहारी पक्राउ परेका छन्।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी रहेका छन् ।
पक्राउ परेका तीनैजनाले बुहारी उर्मिलाको हत्या गरि घाटमा लगेर दाहसंस्कार गरिरहेको अवस्थामा शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिएका छन ।
आधा भाग जलिसकेको अवस्थामा मृतकको शव पनि नियन्त्रणमा लिएको सिंहले बताएका छन । पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा नियन्त्रणमा लिइएको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया