असोज १७, २०८३ शनिबार October 3, 2026

कोरोना संक्रमणबाट विश्वभर ६४ हजारभन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६४ हजारभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १२ लाख मानिस संक्रमित भएका छन् ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोराना भाइरसको केन्द्रबिन्दु बनेको अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय नाघेके छ भने संक्रमितको संख्या तीन लाख आठ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मात्रै गत २४ घण्टाभित्र छ सय ३० जनाले ज्यान गुमाएका छन् । यो सँगै न्युयोर्कमा मात्रै भाइरस संक्रमणबाट तीन हजार पाँच सय ६५ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, कोरोनाको संक्रमण तिब्र बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबिरुद्ध लड्न ठूलो संख्यामा सेना तथा स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन। न्यूयोर्कमा तत्कालै थप एक हजार सेना परिचालन गरिने उनले बताएका छन ।

शनिबार ह्वाइट हाउसबाट बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना संत्रमणका कारण अझै ठूलो संख्यामा अमेरिकीको ज्यान जाने भन्दै चिन्ता व्यक्त गरेका छन ।

यसैगरी, इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार तीन सय नाघेको छ भने स्पेनमा झन्डै १२ हजारले ज्यान गुमाएका छन् ।

यसैगरी, फ्रान्समा सात हजार पाँच सयभन्दा बढीले कोरोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने वेलायतमा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आज शनिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १७, शनिबार
आज शनिवार : कुन राशिलाई कति शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् राशिफल
२०८३ असोज १७, शनिबार
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्‍मा दर्ता
२०८३ असोज १६, शुक्रबार
देशभर २४ घण्टामा २१ विपद्का घटना, आठ जना घाइते
२०८३ असोज १६, शुक्रबार
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ
२०८३ असोज १६, शुक्रबार
चाडपर्व लक्षित यात्रु सहायता कक्ष नयाँ बसपार्कमा स्थापना
२०८३ असोज १६, शुक्रबार
कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
२०८३ असोज १६, शुक्रबार