मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

डायलासिस मेसिन सञ्चालनमा नआउँदा मिर्गौलाका बिरामी मर्कामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई महिना अघि जडान गरिएका ६ थान डायलासिस मेसिन हालसम्म पनि सञ्चालनमा नआउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ ।

डायलासिस मेसिन सञ्चालनमा नआउँदा डायलासिसका लागि लामो समयदेखि पालो पर्खेर बसेका बिरामी समस्यामा परेका हुन् । नयाँ मेसिन सञ्चालनमा आएपछि दैनिक थप १५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा पाउने अस्पतालले जनाएको छ ।

डायलासिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्ट जडान भएको एक महिना बितिसकेको छ, तर डायलासिस मेसिन अझैँ सञ्चालनमा ल्याउन नसकेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले बताउनुभयो ।

उहाँले आरओ प्लान्टको पानी परीक्षणका लागि काठमाडौँ पठाएको एक महिना भइसकेको जनाउँदै उताबाट परीक्षणको रिपोर्ट आउने बित्तिकै मेसिन सञ्चालनमा ल्याइने बताउनुभयो ।

पुसको पहिलो साताबाट नयाँ ५ वटा मेसिनबाट डायलासिस सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख डा. चापागाईँका अनुसार नयाँ मेसिन पुरानो आइसियु कक्षमा राखिएको छ, छ वटा नयाँ मेसिन मध्ये पाँच वटा मात्र अहिले सञ्चालनमा ल्याइनेछ ।

नयाँ मेसिन जडान भए दैनिक थप १५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा पाउने छन् । यसबाट पालो पर्खेर बसेका धेरै विपन्नले सेवा पाउने छन् । बिरामीले नयाँ मेसिन छिटो सञ्चालन गर्न पटक पटक आग्रह गरिरहेका छन् तर मेसिन जडान भएको दुई महिना बिते पनि अझैँ सञ्चालन नहुँदा धेरैको स्वास्थ्य अवस्था निकै गम्भीर चरणमा पुगिसकेको छ ।

यसैगरी, कोहलपुर मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा गत एक महिनादेखि बन्द रहेको डायलासिस सेवा पुनः सञ्चालनमा आएको छ ।

डायलासिस बन्द हुँदा ३३ जना मिर्गौला पीडितको मृत्यु भएको थियो ।

अस्पतालका सूचना अधिकारी सञ्जय पन्तले बन्द रहेको डायलासिस सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी दिँदै सेवा सुचारु रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार