असोज १७, २०८३ शनिबार October 3, 2026

पहिलोपटक बाघमा पनि देखियो कोरोना भाइरसको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) चार वर्षकी बघिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले चार वर्षकी मलायन टाइगरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

नाडिया नाम गरेकी बघिनीलाई केही दिनदेखि सुक्खा खोकी लागेको थियो।

त्यसपछि शंका लागेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । नाडियाकी बहिनी अजुल र अरु दुई बाघ तथा तीनवटा अफ्रिकन सिंहमा पनि लक्षण देखिएको छ ।

सबैलाई निको हुने अपेक्षा गरिएको नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले जनाएको छ । चिडियाघरका हेरालुबाट उनीहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान छ ।
संक्रमण देखिए पनि अधिकांश रुपमा बघिनी स्वस्थ रहेको चिडियाखानाले जनाएको छ । बाघमा संक्रमण पुष्टि भएसँगै सबै जनावरलाई नियाली रहेको चिडियाखानाले जनाएको छ ।

संरक्षणविदले कोरोना भाइरसको वर्तमान महामारीको प्रभाव केही जंगली जनावरमा पनि पर्न सक्ने बताएका छन् । विशेषगरी गुरिल्ला र चिम्पाञ्जीहरु जोखिममा रहेको संरक्षणविदको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आज शनिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १७, शनिबार
आज शनिवार : कुन राशिलाई कति शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् राशिफल
२०८३ असोज १७, शनिबार
नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्‍मा दर्ता
२०८३ असोज १६, शुक्रबार
देशभर २४ घण्टामा २१ विपद्का घटना, आठ जना घाइते
२०८३ असोज १६, शुक्रबार
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ
२०८३ असोज १६, शुक्रबार
चाडपर्व लक्षित यात्रु सहायता कक्ष नयाँ बसपार्कमा स्थापना
२०८३ असोज १६, शुक्रबार
कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
२०८३ असोज १६, शुक्रबार