असार २३, २०८२ सोमबार July 7, 2025

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउँदा उपयुक्त हुन्छ । – गेजा शर्मा वाग्ले (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चालाई कसरी हेर्नुभएको छ ? 

गणतन्त्र स्थापनापछि दुईजना राष्ट्रपति बन्नुभयो । दुवैजना राजनीतिक पृष्ठभूमिका हुनुहुन्थ्यो । उहाँहरूको निर्णयमा कहीँ न कहीँ पार्टीको धारणा, भूमिका वा सुझाब प्रतिबिम्बित भएको देखिन्छ । यसकारण राष्ट्रपतिको भूमिकालाई लिएर निकै बहस र विवाद हुँदै आएको छ । यस आधारमा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउँदा उपयुक्त हुन्छ भन्ने दृष्टिकोणले यसलाई स्वाभाविक मान्न सकिएला ।

नेपालको सन्दर्भमा  कत्तिको उपयुक्त हो ?

यसमा राष्ट्रपति गैरराजनीतिकभन्दा पनि गैरदलीय हुनु स्वाभाविक हुन सक्छ । राष्ट्रपति संविधानको संरक्षक र पालकसमेत भएकाले देशको राजनीतिक प्रक्रिया बुझेको भने हुनुपर्छ । समाजमा प्रतिष्ठित, विवाद नभएको व्यक्ति हुनु उपयुक्त हो । तर, गैरराजनीतिक या गैरदलीय भनेर विशुद्ध प्राविधिक व्यक्तिलाई बनाइयो भने लोकतान्त्रिक प्रणाली र भावना नबुझ्दा भविष्यमा अर्को दुर्घटना निम्त्याउने खतरा हुन्छ ।

चर्चा चलेको छ तर सम्भावना कत्तिको देख्नुहुन्छ ?

गैरदलीय वा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चापछि दलहरूको प्रतिक्रिया सकारात्मक छैन । अन्ततः राजनीतिक दलमा पावर सेयरिङमा राजनीतिक व्यक्तित्व वा दलसँग निकटमध्येबाटै राष्ट्रपति बन्ने सम्भावना देखिन्छ । तर, जुन पृष्ठभूमिबाट आए पनि लोकतान्त्रिक प्रणाली र संविधानको मर्म र भावनाअनुसार चल्न सक्ने व्यक्ति हुनु संविधानको भविष्यका निमित्त उपयुक्त हुन्छ । गेजा शर्मा वाग्ले

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया