जेठ ५, २०८१ शनिबार May 18, 2024

श्रीमानको माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद गरिन यी महिलाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षको श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन्  । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी  महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् ।

उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान सधै सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् ।
‘म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कूल पठाउँछु । हरेक दिन भाँडा धुन्छु, घर सफा गर्छु, बालबालिकालाई विद्यालयबाट लैजान्छु र उनीहरुको गृहकार्यमा सघाउँछु म थाकेको छु,’ झाङले आफ्नो अदालतमा बुझाएकी थिइन् ।

बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र  बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र  विकल्प हो भनेर निर्णय गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया