असोज ६, २०८३ मंगलबार September 22, 2026

कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने कि रोक्ने ? बोर्डले निर्णय गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वैशाखमा सञ्चालन हुँदै आएको कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने भन्ने विषयमा निर्णय गर्न आज (मंगलबार) दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ।

आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र कक्षा ११ को वैशाख २१ गतेबाट गर्ने निर्णय यस अघि नै बोर्डले गरेको थियो।

कोरोना संक्रमण फैलिने डरको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ।

एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ।

एसइईसमेत रोकिएकाले कक्षा ११ र १२ को परीक्षासमेत रोकिने संभावना रहेको स्रोतले दाबी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार