वैशाख १३, २०८१ बिहिबार April 25, 2024

सन्त गुरुद्वारा शाहरुखको ज्यान लिने धम्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ माथि भइरहेको विवाद अझै रोकिने छाँटकाट छैन । फिल्मको पहिलो गीत ‘बेशर्म रंग’ रिलिज हुनासाथ गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएर बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको हो ।

भारतमा अधिकांश ठाउँमा यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ । शाहरुख र दीपिकासहित फिल्मको टिमका सदस्यविरुद्ध उजुरी पनि पर्न थालेको छ ।

अब भने फिल्मको विरोध गरिरहेका सन्त जगतगुरु परमहंस आचार्यले शाहरुखलाई जिउँदै जलाउने धम्की दिएका छन् । ‘फिल्म पठानमा भगवा रंगको अपमान गरिएको छ । उनीहरुले हिन्दुको भावनालाई आहत बनाउन यसो गरेका हुन् । पैसा कमाउनका लागि मानिसले धन्दा बनाइसकेका छन् । यसकारण हामीले शाहरुख खानको पोस्टर जलायौं र म शाहरुख खानलाई खोजिरहेको छु । जुन दिन उसलाई भेट्छु, त्यो जिहादीको छाला तासेर जिउँदै जलाउँछु’, उनले भनेका छन् ।

उनले आफ्ना मानिसहरुले शाहरुखलाई मुम्बईमा खोजिरहेको खुलाउँदै कोहीले शाहरुखलाई जिउँदै आफ्नो अगाडि ल्याए उसको परिवारलाई आर्थिक मद्दत गर्ने बताएका छन् । आचार्यले शाहरुखलाई भगवासँग घृणा भएको भए उनको धमिनीमा बग्नेवाला रंग पनि भगवा नै रहेको दाबी गरेका छन् ।

‘भगवाको बिना कसैको अस्तित्व सम्भव छैन । सूर्यको रंग भगवा, अग्निको रंग भगवा, भगवा शान्तिको प्रतीक हो र सबै सनातन धर्म मान्नेका लागि आन बान शान भगवा हो । भगवाको अपमान असह्य हुनेछ’, उनले भनेका छन् ।

उनले शाहरुखले आफ्नो धर्म इस्लामप्रति कुनै वेबसिरिज र फिल्म नबनाएकाले उनलाई हलाला, तीन तलाक र पैगम्बर मुहम्मदको जीवनमा आधारित फिल्म बनाउन चुनौती दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया