मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चीनमा कोरोना संक्रमण उच्च गतिमा बढ्दै, अस्पतालका शैयाहरु विरामीले भरिभराउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चीनमा पछिल्लो समय कोभिड संक्रमित विरामीले अस्पतालका शैयाहरु भरिएका छन् । चीनमा देखिएको कोरोनाको पछिल्लो लहरका विषयमा विश्व स्वास्थ्य संगठनले समेत चासो र चिन्ता व्यक्त गरेको छ ।

चीनले कोरोना संक्रमित विरामीको संख्या कम बताए पनि सघन उपचार कक्षमा विरामीको चाप अत्यधिक रहेको विश्व स्वास्थ्य संगठनका डा. माइकल राइनले बताउनु भयो । चीनले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएको देखाइएको छ तर यस रोगको वास्तविक प्रभावका सम्बन्धमा डब्लुएचओले नै आशंका व्यक्त गरेको छ ।

हालैका दिनहरूमा बेइजिङ र अन्य शहरका अस्पतालहरू विरामीले भरिएका छन् । पछिल्ला दिनहरुमा चीन कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । सन् २०२० देखि नै चीनले शून्य कोभिड नीति लागू गरी कडा स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ ।

केही साता अघि चीनमा कोभिड प्रतिबन्धका विरुद्ध व्यापक प्रदर्शन भएपछि केही खुलुलो बनाइएको थियो । अहिले संक्रमण बढ्नुलाई त्यसैको असरका रुपमा अधिकारीहरुले हेरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार