असार २३, २०८२ सोमबार July 7, 2025

सभापतिलाई नै चुनौती दिन सक्ने महामन्त्री गगन थापाको साहस स्वागतयोग्य – राजेन्द्र महर्जन (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस संसदीय दलको निर्वाचन र त्यसको  परिणामलाई कसरी हेर्नुभएको छ ?

पार्टी नेतृत्वमा सभापतिको पकड, टिकट वितरण, सांसदहरूको मनोवृत्ति र शक्ति सम्बन्धका आधारमा हेर्दा यो निर्वाचनको परिणाम स्वाभाविकै देखिन्छ । तर, पार्टी सभापतिलाई नै चुनौती दिन सक्ने महामन्त्री गगन थापाको साहस स्वागतयोग्य छ । कांग्रेसमा रूपान्तरण जरुरी छ । त्यत्तिकै नचेत्ने नेतृत्वलाई कम्तीमा उहाँले च्यालेन्ज गर्नुभएको छ । यो सकारात्मक छ ।

पार्टीभित्र सभापति शेरबहादुर देउवाको विकल्प नै तयार नभएको त होइन नि ?

पार्टी नेतृत्वमाथि एकाधिकार गिरिजाप्रसाद कोइरालाको समयमा पनि थियो । त्यतिवेला किशुनजी, गणेशमानजी जस्ता ‘च्यालेन्जिङ’ व्यक्तित्व भएका नेता हुँदा पनि उहाँहरूलाई किनारातिर धकेलिएको थियो । अहिले पनि शक्तिमा भएका नेताबाट केही पाउँला र खाउँला भन्ने चरित्रले गर्दा विकल्प देखिँदा देखिँदै पनि नेतृत्व ‘सिफ्ट’ हुनुपर्छ भन्नेबारे सांसदहरूले सोचेको चाहिँ देखिएन ।

संस्थापनइतर समूहका तर्फबाट गगन थापाको एकल उम्मेदवारीले कस्तो सन्देश दिएको छ ?

यो एक हिसाबले पार्टी सभापतिलाई ठुलो च्यालेन्ज हो । गगन थापाले शक्तिशाली सभापतिलाई समेत च्यालेन्ज गर्ने शक्ति आर्जन गर्नुभएको छ । विद्यार्थी नेता, सांसद, केन्द्रीय सदस्य, महामन्त्री हुँदै अब दलको नेतृत्वमा च्यालेन्ज गर्न सक्ने स्थानमा उहाँ उभिनुभएको छ । खासगरी उहाँका समकालीन प्रतिस्पर्धी नेतासँगै आफूभन्दा अघिल्लो पुस्तालाई पनि एकै ठाउँमा उभ्याउन सक्नु उहाँको ठुलो सफलता हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया