मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ।

आइसीयू कक्षका लागि भवन निर्माण गरी १५ शैय्याको डायलासिस सेवा शुरू गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले जानकारी दिए। नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार हुनेछ।

साथै निमोनियालगायत रोगका कारण मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा. प्रधानले बताए। आकस्मिक डायलासिस सेवा लिनेले केही शुल्क तिनुपर्छ। ज्सबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्नेछ। नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीका हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनले बताए।

निजी अस्पतालले आकस्मिक डायलासिसको १० देखि १२ हजारसम्म शुल्क लिने गरेका छन्। नारायणी अस्पतालले पाँच हजार मात्रै तोकेको छ। आकस्मिक डायलासिसमा दुई शैयया एचआइभी संक्रमितका लागि छुट्याइएको छ। अस्पतालमा २२ वटा डायलासिस मेसिन छन्।

यी सबै मेसिन २४सै घण्टा सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा. प्रधानले बताए। भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख र अन्य सहयोगी दाताले पाँच लाख सहयोग गरेको उनको भनाइ छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार