मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

हिलिहाङका चार सय बढीको निःशुल्क स्वास्थ्य जाँचसँगै परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाँचथरको हिलिहाङ गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक तथा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविरमा चार सय आठ जनाले लाभ लिएका छन्।

गोपेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण गराउने मध्ये सबैभन्दा धेरै हाडजोर्नी र नशा सम्बन्धी समस्या लिएर आएको  गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा दुई सय एक हाडजोर्नी र नशाको समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ।

blog

नाक, कान र घाँटी सम्बन्धी समस्या भएका ७१, महिला तथा स्त्रीरोग सम्बन्धी समस्या देखाउने ६६, मुटु, सुगर र प्रेसर सम्बन्धी समस्या भएका ६२ र अन्य आठ जनालाई सेवा दिइएको हो।

शिविरमा झापास्थित बिएण्ड सी अस्पतालबाट आएका विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य जाँचसँगै परामर्श दिएका हुन्। अस्पताल जान नसक्ने अवस्थाका बिरामीलाई सेवा दिन स्वास्थ्य शिविर राखिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार