श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यु–१४ टेनिस प्रतियोगिता – राजवीर प्रधान फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे ।

फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसंग हुनेछ । ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा सेटमा ६–४ र ६–१ ले हराउदै फाइनल यात्रा तय गरेका हुन् ।

सातदोबाटोस्थित टेनिक कोर्टमा भएको गल्र्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६–३ र ६–० तथा भारतकी तनिशा भत्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७–५, १–६  ९१५–१३० तथा भारतका सिद्धार्थ र भिभान मिर्धाको जोडीले भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीलाई ६–३ र ६–० ले पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे ।

गर्ल्स डबल्समा भारतकी हनी जुमानी गौरव र नेपालकी प्राज्ना मानन्धरको जोडीले नेपालकी प्रशंसा र भारतकी तनिशाको जोडीलाई ६–३ र ६–१ तथा नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीले नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीलाई ७–६ ९७०, ३–६ ९१०–८० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । डबल्स फाइनल शुक्रबार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार