कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुदूरपश्चिमका केही जिल्लामा भुवा पर्व सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाजुरा लगायत सुदूरपश्चिमका केही जिल्लामा भुवा पर्व सुरु भएको छ। दसैँ तिहारपछिको दोस्रो  ठुलो पर्वका रुपमा मनाइने भुवा पर्व आजबाट सुरु भएको हो । ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको सांस्कृतिक महत्त्व पनि रहेको छ। महाभारतको युद्धमा पाण्डव र कौरव बिचको  गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।

पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । भुवा पर्व पुषेऔंसीका दिनबाट सुरु भई तीन देखि पाँच दिन सम्म मनाइने गरिन्छ।बाजुरामा भने जिल्लावासीले दसैँ तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा भुवा पर्वलाई  विशेष महत्त्वका साथ मनाइन्छ।आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ ।

सुदूरपश्चिमका अछाम ,बझाङ लगायत बाजुरा जिल्लाको बुढिगंगा ,बडिमालिका,बुढिनन्दा,त्रिवेणि नगरपालिका,खप्तड छेडेदह र गौमुल गाउँपालिकाका  गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्।भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबार सहित भुवा चाली खेल्ने,लाखे नाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ।

सदरमुकाम मार्तडीमा बिहानै सबै टोल-टोल बाट आगाका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा चाली खेल्ने प्रचलन अनुसार बिहान बाटै चाली खेल्न शुरु गरिएको छ भने  जिल्लाका अरू क्षेत्रमा पनि राँके नाच र भस्व खेलिएको छ।सत्यको जित सँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको  भुवा पर्वका  जानकारहरुले बताउने गरेका छन्। भुवा पर्वको सन्दर्भमा आज बाजुरामा सार्वजनिक बिदा दिइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताउनु भयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार