वैशाख ८, २०८१ शनिबार April 20, 2024

पाक पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नीले तेस्रो विवाह गरेका बिलाल को हुन् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले अमेरिकामा रहेका पाकिस्तानी अभिनेता तथा व्यंग्यकार मिर्जा बिलालसँग विवाह गरेकी छन् ।

सन् २०१४ खानसँग विवाह गरेकी ४९ वर्षीया ब्रिटिश–पाकिस्तानी पत्रकार रेहमले ट्वीटरमा अमेरिकी सहर सिएटलमा एक साधारण निकाह समारोहमा बिलालसँग आफ्नो विवाह भएको घोषणा गरेकी हुन  ।

Reham Khan announces her third marriage with US-based Pakistani actor Bilal  Mirza - GulfToday

उनले आफ्नो र बिलालको निक्का समारोहको तस्विर पनि ट्विटरमा सेयर गरेकी छिन् । पहिलो तस्बिरमा विवाहको औंठी देखाउँदै जोडीले हात समातेको देख्न सकिन्छ ।
रेहम र बिलाल दुवैको यो तेस्रो विवाह हो ।

Imran Khan's ex-wife Reham Khan gets married for the third time

रहमको पहिलो विवाह इजाज रहमानसँग भएको थियो, जो एक मनोचिकित्सक हुन्। यो जोडीले सन् १९९३ मा विवाह गरे र सन् २००५ मा सम्बन्धविच्छेद भएको थियो ।
उनको दोस्रो विवाह इमरान खानसँग भएको थियो, जुन मुश्किलले १० महिना टिकेको थियो ।  जियो न्युजकाअनुसार यो जोडीले २०१४ मा विवाह गरेको थियो र २०१५ मा सम्बन्धविच्छेद भएको थियो ।

खानसँगको सम्बन्धविच्छेदपछि रेहमले उनलाई ‘विश्वासघाती’ भएको आरोप लगाएकी थिइन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया