असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना परिक्षण गराउनेको संख्या बढ्यो, अहिलेसम्म २ हजार ८ सय ९५ जनाको परिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा जम्मा २ हजार आठ सय ९५ जनामा कोरोना भाइरसको परीक्षण भएको जनाएको छ।

कोभिड–१९ रोकथामका लागि भइरहेका प्रयासबारे बिहीबार जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ हजार ३ सय ५२ जनाको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण भएको र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण भएको बताएका हुन्।

उनले कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमूना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको बताएका छन।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेटिभ आएको डा.देवकोटाले जानकारी दिएका छन। काठमाडौँ उपत्यकामा क्वारेन्टाइनमा रहेकाहरुको पनि संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको उनले बताएका छन।

यस्तै उनले हालसम्म नेपालमा ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन। त्यसमध्ये काठमाडौमा १८ जना र उपत्यका बाहिर ९९ जना रहेका छन्। यस्तै उनले बिहीबारबाट सांकेतिक भाषामा अपडेट गर्ने पनि जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार