श्रावण ३१, २०८३ आइतबार August 16, 2026

आईफोन १५ पाँच नयाँ मोडलमा सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आईफोन १५ को चर्चा चल्न सुरु भएको धेरै लामो समय भइसकेको छ । सन् २०२३ मा सार्वजनिक हुने भएपनि फोनको विभिन्न विवरणहरू विस्तारै बाहिरिने क्रम जारी छ । आईफोन १४ मा खास मेहेनत नगरेको एप्पलले आईफोन १५ को लागि भने धेरै काम गरिरहेको छ । यो सिरिजका स्मार्टफोनसँग जोडिएका नयाँ फिचरहरूको विषयमा पनि चर्चा उत्तिकै चलिरहेको छ । ​

iPhone 15 Leak Claims New A17 Chip Limited To Pro Models

यसैबिच आईफोन १५ सिरिजमा कतिओटा मोडलका स्मार्टफोन हुनेछन् भन्ने विषयमा पनि केही जानकारी बाहिरिएको छ । सामान्यतया कम्पनीले सिरिजमा चार मोडलका स्मार्टफोन मात्रै सार्वजनिक गर्ने गरेको छ । अब भने कम्पनीले पाँच मोडलको सिरिज सार्वजनिक गर्ने बताइएको छ ।

iPhone 15 likely to offer big upgrades over iPhone 14, 5 features we expect  to see - India Today

आईफोन १४ सिरिजबाट कम्पनीले मिनि भर्सन सार्वजनिक गर्न बन्द गरेको हो । यसको साटोमा प्लस भर्सन उपलब्ध गराएको थियो । तर आईफोन फोर्टिन प्लसले खास बजार लिन सकेन । यसकारण पनि कम्पनीले आईफोन मिनि पुन सार्वजनिक गर्ने संकेत देखाइरहेको छ । यद्यपि कम्पनीले प्लस भर्सनलाई भने हटाउने छैन । यसको अर्थ हो आईफोन फिफ्टिनको सिरिजमा पाँचओटा मोडलका स्मार्टफोन हुनेछ ।

iPhone 15: Launch Date, Features, and Rumors

बाहिरिएको जानकारी अनुसार कम्पनीले आईफोन फिफ्टिन अन्तर्गत ५.४ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन मिनि, ६.१ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन, ६.७ इन्च डिस्प्ले भएको फिफ्टिन प्लस, ६.१ इन्च डिस्प्ले भएको १५ प्रो र ६.७ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार