श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लमजुङमा ३०औं त्रिवेणी कप प्रतियोगिता सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङको बेँसीसहरको सहजी खेल मैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको ३० औँ संस्करण सुरु भएको छ। विगत ३० वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको हो ।

लमजुङमा आयोजित राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका १४ क्लबले भाग लिएका छन्। प्रतियोगिताको गण्डकी प्रदेशका सासद एवम् क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उद्घाटन गरेका हुन्।

पौडेलले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गरी खेलको विकास र खेलाडीले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बताए।

जिल्लामा फुटबल खेलको विकास र प्रवर्धन गरी व्यावसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए।

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद पाँच लाख त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद तीन लाख प्रदान गरिनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार