काठमाण्डौः नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले तेस्रो जित हात पारेको हो । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखराका लागि कुशल भुर्तेलले ३९ रन बनाए । साड्ली भानले ३१ रन जोडे ।
पोखराका विपिन खत्री र कुशल मल्लले समान २-२ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोड्यो । पोखराका लागि कुशल मल्लले ३१ बलमा सर्वाधिक ६१ रन जोडे । उनले समान ५ चौका र ५ छक्का हिर्काए । उपुल थरंगाले ४२ रन जोडे ।
लुम्बिनीका साड्ली भानले सर्वाधिक ३ तथा किशोर महतो र गुल्सन झाले समान २-२ विकेट हात पारे । पोखराको यो लगातार तेस्रो पराजय हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया