श्रावण २, २०८२ शुक्रबार July 18, 2025

हाल्यान्ड चम्किदा सिटीको सहज जित

विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार लिड्स युनाइटेड ३-१ ले हराएको छ । जितसहित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ ।

सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलको समान खेलमा ४० अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको  ३३ अंक छ । चौथो स्थानको टोटनहमको ३० र पाँचौ स्थानको म्याचेस्टर युनाइटेडको २९ अंक छ ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोर्डीले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । ५१औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरे । जारी सिजन २० खेलमा हाल्यान्डको यो २६औं गोल हो । उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बासिया डर्टमन्डबाट सिटी भित्रिएका थिए । ७८औं मिनेटमा पास्कलले लिड्सका लागि सान्त्वना गोल गरे ।

सिटीले गत साता इङ्लिस लिग कपको अन्तिम १६ मा लिभरपुललाई हराएको थियो । कतार विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार