श्रावण १२, २०८३ मंगलबार July 28, 2026

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् ।

नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो ।

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताउभयो । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् ।

चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया