कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुन पहिलो साता

नयाँ वैकल्पिक शक्तिहरूको एकताको सम्मेलन फागुनको पहिलो साता गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने निर्णय गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नागरिकको अधिकार र मुलुकको सम्बृद्धिका लागि नयाँ वैकल्पिक शक्तिहरूको एकताको सम्मेलन गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका डा नन्द काप्रीले बताए । उनका अनुसार स्थानीय तह निर्वाचन र गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै हालसम्म विभिन्न स्वतन्त्र तथा वैकल्पिक राजनीतिको पक्षमा रहेका व्यक्ति, समूह र अभियानहरूबीच प्रदेश, केन्द्र हुँदै देशका विभिन्न भागमा झण्डै ८२ वटा बैठक, छलफल र अन्तरक्रिया गर्दै एकताको सम्मेलन गर्ने निर्णय भएको हो ।

उक्त सम्मेलनमार्फत देशमा राजनीतिक शुद्धीकरण, सुशासन र आर्थिक सम्बृद्धिको स्पष्ट मार्गचित्रको खाकासहित सशक्त र वैकल्पिक शक्तिको घोषणा गरिने जनाइएको छ । मुलुकमा लामो राजनीतिक घटनाक्रम हेर्दा अझै पनि मुलुकमा सुशासन र सम्बृद्धिको आकांक्षा अधुरै रहन गएको भन्दै वैकल्पिक शक्तिले त्यसको पक्षमा जनतालाई एकीकृत गर्ने दावी गरिएको छ ।

पछिल्लो निर्वाचनको मतपरिणामले पनि देशमा विकल्पसहितको परिवर्तन र नेतृत्व खोजिरहेको अनुभूति भएको तथा स्वतन्त्र उम्मेदवारले नेपालको राजनीतिमा देखाएको चासो र सहभागिताले देशमा परम्परागत विभिन्न वाद र दर्शनका नामका शक्तिबाट देशको परिवर्तन असम्भव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचनको विश्लेषण गर्दै आमनागरिकको चाहना र अबको आवश्यकतालाई मध्यनजर गर्दै सबै स्वतन्त्र उम्मेदवार, वैकल्पिक शक्तिहरू, राष्ट्रवादीहरू र प्रगतिशील सोच राख्ने सम्पूर्ण व्यक्ति समूह र अभियान एक ठाउँमा उभिन आवश्यक रहेको ठहर गर्दै सम्मेलन गर्न लागिएको सम्मेलन मस्यौदा समितिका डा बलदेव अधिकारीले बताए । साथै, सम्मेलन सफल पार्नका लागि विभिन्न ११ वटा समिति तथा उपसमित गठन गरिएको सचिवालय तथा प्रचार समितिका डम्बर साहुले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार