मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

जापानमा एकैदिन १ लाख ९२ हजार जनामा कोरोना सङ्क्रमण, ४२० सङ्क्रमितको मृत्यु

जापान सरकारले भोलिदेखि चीनबाट आउने यात्रुहरुलाई कडाइ गर्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जापानमा एकैदिन ४२० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने १ लाख ९२ हजार ६३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणलाई सामान्य सङ्क्रमण जन्य रोगको सुचीमा राखी,खासै रोकथामका उपायहरु कार्यन्वयन नगरेको जापानमा पछिल्लो २ महिनामा कोरोना सङ्क्रमण पुनः महामारीको रूप लिइरहेको छ ।

टोकियो,खानागावा,चिबा,ओसाका,फुकुओका तथा होक्काईदो लगायतका सहरहरुमा संक्रमितहरुको सङ्ख्या अत्याधिक बढ्दा आकस्मिक बिरामीहरुले समेत अस्पताल जानका लागि पालो कुर्नुपर्ने तथा एकभन्दा धेरै अस्पताल धाउनुपर्ने अवस्था देखा परेको छ ।

कोरोना सङ्क्रमण उच्च बन्दै जाँदा,जापान सरकारले भोलिदेखि चीनबाट आउने यात्रुहरुलाई कडाइ गर्ने घोषणा गरेको छ । डिसेम्बर ३० बाट चीनका यात्रु तथा पछिल्लो ७ दिनभित्रमा चिन गएको रेकर्ड भएका सबै यात्रुहरुको जापानको एयरपोर्टमा कोरोना परिक्षण गरिने छ। कोरोना सङ्क्रमण पुष्टि भए उनीहरूले होम क्वारेनटिन बस्नुपर्ने छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार