असोज १७, २०८३ शनिबार October 3, 2026

वीरगञ्जमा कोरोना संक्रमित पुष्टि भएका तिनै जना भारतीय नागरिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पर्साको वीरगञ्जमा रहेका तीन भारतीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने कार्य सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका –६ छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्येका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनीहरुका संसर्गमा रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया