मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

अछामको बयालपाटा अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड

बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरिबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो ।

द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स  (the HRM Nepal Award for Corporate Excellence – Health)  नाम दिएको उक्त अवार्ड उपराष्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गर्नुभयो ।

अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप हौसला मिलेको बताउनुभयो ।

हरेक नेपाली नागरिकले गुणस्तरीय तथा निःशुल्क सेवा पाउनुपर्ने र त्यसका लागि आफ्नो अभियान जारी रहेको भन्दै महासचिव कलौनीले अवार्ड प्रदान गर्ने कर्पोरेट क्लब, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सबै साझेदार सङ्घसंस्था र सेवाग्राहीहरूलाई धन्यवाद समेत दिनुभयो ।

अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले यो उपलब्धि अस्पतालमा काम गर्ने सबै टिमको मेहनत र परिश्रमको उपलब्धि भएको बताउनुभयो ।

अवार्ड वितरण कार्यक्रममा न्याय हेल्थ नेपालका महासचिव कलौनी, कोषाध्यक्ष डा.भास्कर पन्त, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा.मन्दिप पाठक र बित्त विभाग प्रमुख रामराज खकुरेलको सहभागिता रहेको थियो ।

नेपाल सरकार र हाल सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा न्याय हेल्थ नेपालको व्यवस्थापनमा बयालपाटा अस्पतालले बिगत १४ वर्षदेखि यस क्षेत्रका नागरिकलाई निःशुल्क एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

कर्पोरेट क्लब नेपालले गत वर्षदेखि देशभरमा विभिन्न सामाजिक विद्या तथा क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । स्वास्थ्य विधातर्फको अवार्ड छनोटका लागि सम्बन्धित क्षेत्रबाट विज्ञहरूको मूल्याङ्कन समिति गठन गरिएको थियो ।

स्वास्थ्य विधातर्फ बयालपाटा अस्पतालसँगै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो एण्ड इलाइट अस्पताल मनोनयनमा परेका थिए । मनोनयनमा परेका अस्पतालको बारेमा थप जानकारी लिन र बुझ्न क्लबले एक छुट्टै विज्ञहरू सम्मिलित अनुसन्धान टिम समेत खटाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
२०८३ मंग्सिर ७, सोमबार