असोज १७, २०८३ शनिबार October 3, 2026

सुदूरपश्चिम प्रदेशमा (कोभिड–१९) र्यापिड टेष्ट, एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । सुदूरपश्चिम प्रदेशमा (कोभिड–१९) कोरोना र्यापिड टेष्ट (दुत्र गति) नमुना परिक्षण गरिएको एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले हालसम्म ¥यापिड टेष्ट नुमना परिक्षण गरिएका सबै एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिएका छन । उनले सबैभन्दा बढी कैलालीमा सात सय ३० जनाको र्यापिड टेष्ट गरिएको बताएका छन ।

¥यापिड टेष्ट नुमना परिक्षण गरिएका उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका दुई हजार तीन सय पाँच जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया