काठमाण्डौंः राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाण्डौँ नाईट्सलाई लज्जास्पद रुपमा पराजित गरि लगातार पाचौं जित हात पारेको छ ।
लुम्बिनीले काठमाण्डौँलाई ३५ रनले पराजित गरेको छ । टियु मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य काठमाण्डौँले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो । पाँच खेलमा अपराजित लुम्बिनी ५ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाण्डौँ ४ खेलमा ४ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।
पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो । टियु मैदानमा १ सय ८० रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो । छैटौँ खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पाँच खेल खेलेर १ जित हात पारेको फार वेस्ट २ अङ्कसहित अङ्क तालिकाको पुछारमा झरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया