बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

अहिलेको गठबन्धन लामो समय टिक्दैन : रामचन्द्र पौडेल

भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

पौडेलले भने– “भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन । अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।”

मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उनले बताए ।

“हामी प्रतिपक्षमा बसेर पनि राजनीतिक स्थिरता र सुशासनका निम्ति सदैव लड्नेछौँ,” नेता पौडेलले भने । उनले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदै भने, “देशलाई सहमतिको आवश्यक छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताले हिम्मत गर्नुपर्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार