बैसाख ८, २०८३ मंगलबार April 21, 2026

कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा

रिट निवेदनमा उक्त निर्णय खारेज गर्नुपर्ने तथा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका समेत स्थगन गर्नुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ वैशाखः सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद तथा १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको मागसहित दायर रिट निवेदनको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखेको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदीनृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ सुरु भए पनि समय अभावका कारण मुद्दा नसकिएपछि आगामी शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको अदालतले जनाएको छ।

यो विवाद नेपाली कांग्रेस भित्रको नेतृत्व र आधिकारिकता सम्बन्धी विषयसँग जोडिएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो।

रिट निवेदनमा उक्त निर्णय खारेज गर्नुपर्ने तथा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका समेत स्थगन गर्नुपर्ने माग गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया